यो गर्मी मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कस्तो गर्मी , दिक्क लाग्यो मलाई
पाए चीसो , बल्ल हुन्थ्यो भलाइ
पानी तातो , हेर तातो बतास
बाटो तातो , हुन्छ हिँड्दा हतास
 
हामी पढ्ने , पाठशाला छ तातो
कुर्सी तातो , फेरि झोला छ तातो
यो तातो मा के गरी हो र पढ्ने ?
के ले होला , ज्ञान को भोक बढ्ने ?
 
के पढ्ने खै , पढ्नमा लाग्छ झ्याउ
यो गर्मी ले , मर्छ उत्साह ह्याउ
यो साता का , पाठ घोकेर भ्याऊ
आई भन्छन् , जो नि कण्ठै सुनाऊ
 
कैयौं छन् , ई पढ्नु पर्ने किताब
जान्नै पर्ने , लौन कस्तो दबाब
यो गर्मी मा , कत्ति हो नीँद लाग्ने ?
भित्री आँखा , के गरी हो र जाग्ने ?
 
धारा छुट्दै , क्या पसीना बगेको
यो गर्मी मा , छैन कोही तगेको
पानी खाने , बित्तिकै प्यास लाग्ने
छुट्टी चाँडै , होस् भनी आश जाग्ने

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016