यो जिन्दगी को , पथ पार गर्नु छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँधी हुरी को , हर धूल धूल मा
बाधा विपद् को , हर शूल शूल मा
योद्धा बनी लड्नु छ जीत बर्नु छ
यो जिन्दगी को , पथ पार गर्नु छ
 
होलान् कतै सुन्दर , राजमार्ग ती
मिल्लान् कतै भूधर घोर दुर्ग ती
स्वीकार गर्दै , जग मा विचर्नु छ
यो जिन्दगी को , पथ पार गर्नु छ
 
फोर्नै छ गाह्रा , हर भीर कन्दरा
उखेलिनन् जीवन का जरा जरा
लामो छ यात्रा , अविराम बढ्नु छ
यो जिन्दगी को पथ पार गर्नु छ
 
उत्साह को सिन्धु , बहोस् घना बनी
नैराश्य को बिन्दु , नहोस् कतै पनि
ऊर्जा जगाईकन , जोश भर्नु छ
यो जिन्दगी को , पथ पार गर्नु छ
 
हो , दीनता छाड्नु छ दूर दूर नै
हो , हीनता पार्नु छ चूर चूर नै
उद्देश्य ले पूर्ण हिमाल चढ्नु छ
यो जिन्दगी को , पथ पार गर्नु छ
 
होस् उग्र उत्ताप , प्रचण्ड धूप होस्
होस् तीव्र सन्ताप र अन्धकूप होस्
सन्त्रास चिर्दै , मणि टिप्न झर्नु छ
यो जिन्दगी को , पथ पार गर्नु छ
 
 
भूधर = पर्वत
घोर दुर्ग = कडा किल्ला

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016