यो देश का खातिर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

झाडू लाउनुपर्छ फोहर सबै , छन् देश मा जो कडा ।
आगो लाउनुपर्छ ती विकृति मा,जो देश मा छन् खडा
मासी भ्याउनुपर्छ बुद्धि बल ले , अज्ञान कालो निशा ।
बाढी ल्याउनुपर्छ है प्रगति को , यो देश मा चौदिशा ।।
 
पार्टी या दल भित्र का जटिलता , दादागिरी फाड्नुछ ।
नेता का मन भित्र का कुटिलता , सारा चिरी छाड्नुछ ।।
माटो को यदि राजनीति छ भने , श्रद्धा पुरस्कार होस् !
पैसा पाउन राजनीति छ भने , लोप्पा तिरस्कार होस् !!
 
भाषा संस्कृति बेच्छ जो अघि सरी , ऊ देश को शत्रु हो ।
देशै लुट्छ र गर्छ जो मनपरी , ऊ देश को शत्रु हो ।।
तेस्ताको धन - माल चौपट गरी , यो देश लाई दिऔँ !
फाटेको मुटु देश को छ अति नै , बुट्टा बनाई सिऔँ !!
 
बाँच्यो देश कडा भईकन भने , पार्टीहरू बाँच्तछन् ।
नाच्यो देश खडा भईकन भने , पार्टीहरू नाच्तछन् ।।
एस्तो मन्त्र बुझेर लाग्नुछ सधैं , यो देश का खातिर ।
ऊर्जायुक्त बनेर जाग्नुछ सबै , यो देश का खातिर ।।
 
गुल्ट्याईकन छाड्नुपर्दछ यहाँ , ती देशघाती सबै ।
मुन्ट्याईकन गाड्नुपर्दछ यहाँ , ढोँगी प्रमादी सबै ।।
पुग्ला देश उँचाइ चुम्न तब नै , बस्ला स्वयं शान ले ।
हेर्लान् देश अनेक ले अनि पृथक् श्रद्धा र सम्मान ले ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016