यो बुझ्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

वायु को चाल कस्तो छ यो बुझ्नुछ ।
झन् अझै देश खस्तो छ यो बुझ्नुछ ।।
धान रोप्ने गरा खोज्न जाऊँ कहाँ ?
मार्ग नै खेत जस्तो छ यो बुझ्नुछ ।।
 
कर्म ले राष्ट्र सेवा गरिन्नन् यहाँ ।
ओठ को भक्ति सस्तो छ यो बुझ्नुछ ।।
योग्य फालिन्छ छिर्छन् भरौटेहरू ।
को कहाँ तेल घस्तो छ यो बुझ्नुछ ।।
 
आज भोको र दुब्लो छ गाई निकै ।
बाघ ले दाँत धस्तो छ यो बुझ्नुछ ।।
राज्य को अस्मिता धर्म मेट्ने गरी ।
देश मा शत्रु पस्तो छ यो बुझ्नुछ ।।
 
उच्च नेतृत्व मा दासता झ्याङ्गिँदा ।
झन्झनै राष्ट्र फँस्तो छ यो बुझ्नुछ ।।
जोत्नुपर्ने थियो खेतबारी यहाँ ।
सर्प ले गोरु डस्तो छ यो बुझ्नुछ ।।
 
छन् युवा लापता रोजगारी विना ।
देश को हाल यस्तो छ यो बुझ्नुछ ।।
कल्पिँदै तड्पिँदै बाबुआमा सँग ।
बृद्धता मात्र बस्तो छ यो बुझ्नुछ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016