योग को महिमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

योगज्ञान विकास हो गहकिलो , व्यक्तित्व निर्माण मा
योगध्यान प्रकाश हो चहकिलो , सत् तत्त्व सन्धान मा
हो आरोग्य शरीर को र मन को , यो योग नै हो धन
ऊर्जा उत्तम बुद्धि को मगज को , हो योग नै जीवन
 
मान्छे छन् जति लिप्त दुर्व्यसन मा,ती योग आजै गरून्
जो छन् नित्य तनाव मा टसन मा , ती योग आजै गरून्
योगै बाट विषाक्त तत्त्व तन को , निस्कन्छ है बाहिर
योगै बाट खराब सोच मन को , दन्कन्छ है आखिर
 
लग्ने हो यदि सास सन्तुलन मा , योगी बनौं योग ले
पुग्ने हो यदि ईश को सदन मा , योगी बनौं योग ले
योगै मात्र उपाय हो भुवन मा , आनन्द भेटाउन
योगै मात्र विकल्प हो मनुज को , अज्ञान मेटाउन
 
मान्छे को मन सिन्धु को लहर झैँ ,छल्कन्छ यो तथ्य हो
या दावानल झैँ कडा जहर झैँ , सल्कन्छ यो सत्य हो
एस्तो चञ्चल तप्त चित्त वश मा , गर्ने कुरा योग हो
ब्रह्मानन्द समान शान्त रस मा , लग्ने कुरा योग हो
 
ज्ञानी ज्ञान लिएर योग - विधि को , गर्छन् सदा सेवन
ध्यानी ध्यान दिएर योग - निधि को , गर्छन् समुद्घाटन
आँफू प्राकृत स्वस्थ सुन्दर रही , बाँच्ने कला योग हो
जीवात्मा परब्रह्म का सँग बसी , नाच्ने कला योग हो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016