रक्ताश्रु
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बिरामी छिन् आमा , थकित तन छिन् जर्जर कति
सुतेकी छिन् उस्तै , गलित मन छिन् चिन्तित अति
जगल्टा छन् मैला , नयन उनको हेर्छ दलिनो
छ छाती झुम्रो झैँ , बचन पनि उस्तै छ मलिनो
 
अपेक्षा गर्दैछिन् , हर सबल सन्तान जन को
शुभेच्छा राख्दैछिन् , मधुर सुख सन्तोष धन को
सधैं की रोगी झैँ , थुरुथुरु हुँदैछिन् पलपल
व्यथा पीडा खप्दै , धुरुधुरु रुँदैछिन् भलभल
 
उहीँ लालाबाला , कतिपय तृषा ले त्रसित छन्
सुकेका छन् गाला , कति कति क्षुधा ले ग्रसित छन्
न खाना दाना छन् , न त छ तन ढाक्ने पहिरनै
न ओत्ने छाना छन् , न छ मधुर हाँस्ने अधर नै
 
कुनै बच्चा लड्छन् , कतिपय झगड्छन् दिनभरि
कुनै छाती चढ्छन् , मन-मुटु रगड्छन् घरिघरि
कुनै तोड्छन् फोड्छन् , पनियुँ दिउरी थाल बटुका
कुनै मोड्छन् छोड्छन् , हतर अनि गाग्री र खँडुका
 
जलेका देखिन्छन् , रहर जति सम्पूर्ण उनका
ढलेका देखिन्छन् , कहर सँग रक्ताश्रु उनका
भए छोराछोरी , कतिपय हरामी जहरिला
त्यसैले मर्दैछन् , मधुर सपना ती रहरिला
 
सधैं एस्तो भोग्दा , हृदय कति चर्कन्छ उनको
यही देख्दा देख्दा , मगज पनि सड्कन्छ उनको
पुकार्दैछिन् आमा , हर समय हे ईश्वर ! भनी
गुजार्दैछिन् आफ्ना , ग्रह-दुख-दशा का दिन गनी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016