रहस्य
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जे हेरौं उसमै रहस्य छ यहाँ , हेरेर के हेर्नु खै ?
जे जानौं त्यसमै छ सागर यहाँ , जानेर के जान्नु खै ?
चाहे त्यो अणु होस् रहस्य छ उही , देखेर देखिन्न त्यो
या होस् ब्रह्म विराट् रहस्य छ उही , लेखेर लेखिन्न त्यो
 
सानो अण्ड छ देख्न मा तर उहीँ , सम्पूर्ण ब्रह्माण्ड छ
देख्दा पिण्ड अपूर्ण होस् तर त्यहाँ,के छैन सम्पूर्ण छ
जे देखिन्न उही रहस्य छ यहाँ , जीवाणु छन् अद्भुत
जे देखिन्छ उही रहस्य छ यहाँ , छन् अद्भुतै अद्भुत
 
बग्छन् आँशु नदी बनी नयन मा,आधार यै चित्त हो
आगो बल्छ घृणा बनी हृदय मा , आधार यै चित्त हो
हज्जारौं थरि चित्त का विषय छन् , यो चित्त एकै त छ
आफैं मा कति हार छन् विजय छन्,यो चित्त एकै त छ
 
माटो माथि हराभरा विपिन छन् , सौन्दर्य छर्छन् त्यहाँ
फुल्छन् जादु बनेर फूल लहरी, माधुर्य भर्छन् त्यहाँ
मीठो मन्द सुगन्ध आउँछ पुनः , नाशिन्छ त्यो आखिर
उन्मादी मकरन्द छाउँछ पुनः , मासिन्छ त्यो आखिर
 
माटो मा रङ छैन फूल कसरी , रातो भएको भन
हाँगा मा रङ छैन फूल कसरी , सेतो भएको भन
नाना सुन्दरता सँगै सरसता , के मा लुकी जान्छ हँ ?
सारा कोमलता तथा मधुरता , के मा लुकी जान्छ हँ ?
 
तीतो वृक्ष छ किन्तु छन् फलहरू , स्वादिष्ट मीठा किन ?
मीठा छन् फल किन्तु पात र जरा , टर्रा र तीता किन ?
एकै वस्तु छ किन्तु षड्रस उहीँ , पाइन्छ के कारण ?
ब्रह्माण्डीय हिसाब राख्छ कसले , को गर्छ यो धारण ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016