राखूँ अलङ्कार म
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेरो जीवन नित्य नव्य हुनमा , तिम्रै महान् हात छ
मेरो जीवन सभ्य भव्य हुनमा , तिम्रै महान् हात छ
अन्तर्धान रहेर तागत ममा , थप्ने महाशक्ति हे !
मेरो जीवन काव्य - द्रव्य हुनमा , तिम्रै महान् हात छ
 
के का लागि ममा छ व्याकुलपना , त्यो मोहिनी बात मा ?
के का लागि ममा छ चञ्चलपना , यो चाँदनी रात मा ?
मैं आफैं पनि जान्न सक्दिनँ भने , जान्लान् अरू के गरी ?
के का लागि घना छ आकुलपना , यो चाँदनी रात मा ?
 
हे मेरा भगवान् ! म सुत्न किन हो , यो रात मा सक्दिनँ ?
तिम्रो चिन्तन निम्ति जुट्न किन हो , यो रात मा सक्दिनँ ?
के ले थिच्छ र मिच्छ यो हृदय मा , मस्तिष्क मा चेत मा ?
अग्लो सोच लिएर उठ्न किन हो , यो रात मा सक्दिनँ ?
 
तिम्रो कोमलता यसै प्रकृति मा , छल्कन्छ माया बनी
तिम्रो दिव्य दयालुता प्रकृति मा , झल्कन्छ छाया बनी
बाढी या भुमरी हुरी र पहिरो , भूकम्प उल्का सँगै
तिम्रो तेज विशाल यो गगन मा , टल्कन्छ तारा बनी
 
सर्वव्यापक आत्म तत्त्व शिव हे ! छाडूँ अहङ्कार म
तिम्रो भक्ति निमित्त झुक्दछु सधैं , गर्दै नमस्कार म
मेरो अन्तर - बाह्य निर्मल गरी , देऊ नयाँ चिन्तन
मीठा काव्य निमित्त स्वर्ण कण झैँ, राखूँ अलङ्कार म

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016