राजधानी छिरूँ है
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मुसा भै यहाँ खेत का धान खाएँ ।
भुटेका मकै घान का घान खाएँ ।।
भयो भो पुग्यो ; राजधानी छिरूँ है !
उहीँ का वडा - टोल लाई पिरूँ है !!
 
यहाँ के छ खाने ? न बस्ने यहाँ त !
गरी दु:ख ; मुन्टो न धस्ने यहाँ त !!
धनै दाप्न पाइन्छ भन्छन् उहाँ त !
सुनै खान पाइन्छ भन्छन् उहाँ त !!
 
त्यहाँ चोर्न बाटाहरू छन् हजार ।
घरै फोर्न काँटाहरू छन् हजार ।।
सुनेको ; त्यहाँ लुक्न धेरै दुला छन् !
लुटी खान का लागि ढोका खुला छन् ।।
 
जसो जे गरौं काम ; काला कि सेता ।
नुहाइन्छ लाइन्छ राता अछेता ।।
त्यहाँ किन्न पाइन्छ कानून जत्ति ।
पुनः लिप्न पाइन्छ त्यो चून जत्ति ।।
 
गरे देखि हत्या त्यहाँ जेल हुन्न ।
कुनै कठ्घरा हत्कडी नेल हुन्न ।।
ससम्मान उल्टै लगाइन्छ माला ।
र सिन्दूर ले लाल पारिन्छ गाला ।।
 
त्यसैले हिँडेँ है मँ ता राजधानी !
त्यहाँ का मँ भन्नेछु सारा कहानी !!
सबै ढुक्क बस्नू र झर्को नमान्नू !
मँ साँढे भई फेरि फर्कन्छु जान्नू !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016