रित्ता बाँसहरू
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

वैरी ले खिचडी पकाउनु थियो , जम्मै पकायो पनि
नेपाली जनता छकाउनु थियो , जम्मै छकायो पनि
पार्टी का खल पात्र पन्ध्र उसले , छान्यो चिन्यो भैगयो
जो गद्दार छ इन्द्र चन्द्र उसले , तान्यो किन्यो गैगयो
 
रित्ता बाँसहरू यहाँ अधिक छन् , बज्छन् बजायो भने
झ्याम्टे भालुहरू यहाँ अधिक छन् , नाच्छन् नचायो भने
यो हो तथ्य बुझ्यो र चाल उसले , चाल्यो नयाँ रङ्ग मा
भित्री सत्य चिन्यो र जाल उसले , फाल्यो नयाँ ढङ्ग मा
 
कैले पश्चिम बाट बाँस फुकियो , यो देश कुप्र्याउन
कैले दक्षिण बाट बाँस फुकियो , दारिद्र्य थुप्र्याउन
एकाएक भयो यहाँ सफल ऊ , हान्दै शिकारी गयो
झ्याम्टे भालु मिलेर दोहन गरे , माटै भिखारी भयो
 
झन्झन्झन् अपराध को तरलता , बढ्दो छ यो देश को
सीमातीत उँचाइ मा जटिलता , चढ्दो छ यो देश को
भँड्खाला अनि भास पुर्नु छ छिटो , नेतृत्व आओस् महान्
माटो ले अब दर्बिलो गहकिलो , व्यक्तित्व पाओस् महान्
 
चोरी गर्न नहोस् ध्रुवीकरण को , झेला सबै ले बुझौं
देशै लुट्न नहोस् समीकरण को , खेला सबै ले बुझौं
धेरै खेल भए यहाँ अब पुग्यो , जागौं छिटो भाइ हो !
कैयौं झेल भए यहाँ ; प्रगति मा , लागौं छिटो भाइ हो !

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016