रुबी स्वर्ण हीरा चिनौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कुना कन्दरा मा कला व्यक्त हुन्छ
त्यसैले त सम्पूर्ण को चित्त छुन्छ
छ आगो भने हेर चम्कन्छ ज्योति
नटल्की कहाँ बस्छ हीरा र मोती ?
 
जसै फुल्दछन् फूल , छर्छन् सुवास
त्यहाँ हुन्छ मुस्कान को दिव्य राश
फुलून् ती जुनै खोँच या कन्दरा मा
कि कान्ला कि आली - गरा उर्वरा मा
 
फुटाएर पाषाण निस्कन्छ पानी
चिरी रात झुल्कन्छ नौलो बिहानी
जहाँ हुन्छ मेधा , उहीँ बल्छ बत्ती
नटल्की कहाँ बस्छ , हीरा र मोती ?
 
कला उच्च एक्लास मा फुल्न सक्छ
गला गाउँ को वास मा , खुल्न सक्छ
ठुलै ठाउँ चाहिन्न , अग्लाइ चुम्न
न चाहिन्छ प्रासाद , नाचेर झुम्न
 
कुनै काँठ मा , जन्मनन् कालिदास
कतै छेउ मा , हुर्कनन् वेदव्यास
कहीँ कीट्स शेली हुनन् जेम्सवाट
हुनन् भव्य मेधा , कुना मा विराट
 
तिखार्नै छ ती शोध या खोज गर्दै
उकास्नै सँभाल्नै छ है सोच फेर्दै
रुबी स्वर्ण हीरा चिनौं साथ राखौं
सबै रत्न मूँगा किनौं पास राखौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016