लम्केर तारा छुने
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

फुल्ला फूल भनेर फूल कलमी , राम्रो मगाएँ हिजो
देला वास भनेर नित्य असली , आशा जगाएँ हिजो
रोपें आँगन नै खनेर बिरुवा , खर्चेर ऊर्जा सबै
सिञ्चेँ साँझ बिहान नित्य पसिना , अर्पेर सारा खुबै
 
हाँगा पात पसारिंदै हलहली , हुर्केर बढ्दै गयो
आफ्नो मूल जरा भुली झलझली , आकाश हेर्ने भयो
आशै मात्र दियो विशाल नभ मा , लम्केर तारा छुने
सासै मात्र पियो बनेन कहिल्यै , छायाँ र मायाँ दिने
 
मेरा स्वप्न सितार तार सरि नै , त्यैँ जोडिएका थिए
मेरा आश अनेक इन्द्र धनु झैँ , त्यैँ मोडिएका थिए
चुँड्दै छन् हर स्वप्न ; तार सरि नै , के गीत बज्ला त खै ?
छुट्दैछन् हर रङ्ग इन्द्र धनु का ,के प्रीति बढ्ला त खै ?
 
ठानें यी बिरुवा फुली फल दिनन् , सोझै गरें चिन्तन
मानें वृक्ष बनेर शीतल दिनन् , एस्तै गरें मन्थन
देखें सुन्दर फूल हैन तिनमा , काँडा बढेको कुरा
देखें मन्दिर - बाग भित्र अति नै , छौंडा लडेको कुरा
 
फुल्ला किन्तु उन्यूँ , फुलेन कहिल्यै , चम्पा चमेली यहाँ
झुल्ला सिस्नु कतै , झुलेन कहिल्यै , बेली गुँयेली यहाँ
ढुङ्गा पाक्छ पकाउँदा बरु कहीं , पाकेन है काफल
कोही एक महान् भगीरथ बनी , ल्याएन गङ्गाजल

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016