लाखे नचाइ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यहाँ हात ले सूर्य छेक्ने गरिन्छ ।
दिवा बीच नक्षत्र देख्ने गरिन्छ ।।
हुने गर्दछन् मञ्च मा बात चर्का ।
सधैं देश को ढाड सेक्ने गरिन्छ ।।
 
महान् कर्म झैं प्याज फोक्क्याइँदै छ ।
विनाअर्थ मा ब्याज धोक्र्याइँदै छ ।।
म गर्ने छु सेवा बिरामी मुमा को ।
भनी मख्ख पारेर छक्क्याइँदै छ ।।
 
छिटो स्वावलम्बी हुनै पर्छ देश ।
सितारा बुलन्दी छुनै पर्छ देश ।।
मिली देश लाई दिनै पर्छ देन ।
करोडौं युवा छन् यहाँ भीमसेन ।।
 
यहाँ भीष्म ले , कर्ण ले खेत खन्छ्न्।
बुढा व्यास ले आज नै चेत भन्छन् ।।
सधैं दाउरा घाँस काट्छ्न् मनीषी ।
युवा हाड मा देखिइन्छ्न् दधीचि ।।
 
तथापि व्यथा मात्र झेल्दै छ देश ।
पिई आँसु हाँसेर खेल्दै छ देश ।।
पकाएर पाषाण, बस्दै छ नेता ।
फकाएर झन् तेल घस्दै छ नेता ।।
 
खसे भीर को गोरु , बोक्नै सकिन्न ।
पसे फौज को भीड , रोक्नै सकिन्न ।।
त्यही हाल झैं देश को भो बँचाइ ।
छ उन्मत्त उद्दाम लाखे नचाइ ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016