लाग्छ नेपाल दिव्य
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पहाडी गरा मा छ, तोरी फुलेको
तराई धरा मा तिजोरी खुलेको
खनी हेर ! माटो , छ सर्वत्र द्रव्य
छ यो विश्व मै, देश नेपाल दिव्य
 
यहीँ नै लताकुञ्ज वृक्षावली छन्
सुनौला अभूत्पूर्व दृश्यावली छन्
हिमाली विभा नित्य देखिन्छ भव्य
छ यो विश्व मै, देश नेपाल दिव्य
 
यहाँ छन् नदी ताल - झर्ना बहार
चिता, भालु , गैंडा र अर्ना हजार
भए नेत्र , देखिन्छ चौतर्फ काव्य
छ यो विश्वमै , देश नेपाल दिव्य
 
सयौं जात का फूल को वाटिका झैं
जगत् मै महान् चन्द्रमा को टिका झैं
यहाँ को जुनै ठाउँ देखिन्छ सभ्य
छ यो विश्व मै , देश नेपाल भव्य
 
यहाँ का युवा भित्र आँधी हुरी छ
उहीँ देश को, भक्ति लाखौं मुरी छ
जहाँ पाउ राख्यो, त्यहीँ लाग्छ नव्य
छ यो विश्व मै ,देश नेपाल दिव्य

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016