लाज लाग्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

गद्दार हो मुलुक को तर ऊ छ नेता
माटो चपाउँछ र बन्दछ ऊ विजेता
खाएर रक्त युग को अनि मात्र जाग्छ
नेता हुँ भन्छ र कराउँछ लाज लाग्छ
 
देखिन्न धार्मिकपना उसभित्र मेरो
देखिन्न कत्ति उसभित्र चरित्र तिम्रो
हो धूर्त ऊ डलर या पद मात्र ताक्छ
नेता हुँ भन्छ र कराउँछ लाज लाग्छ
 
गीता लिई शपथ खान कसै नसक्ने
ओंकार को प्रतिनिधित्व हुनै नसक्ने
त्यो व्यक्ति आज कसरी हुन सक्छ नेता
होला कहाँ र कसरी युग को प्रणेता ?
 
जो भावना सँग निरन्तर खेलिराख्छ
जो देश को प्रगति को पथ जेलिराख्छ
ऊ ध्वंस गर्छ मल दाग र दोष ढाक्छ
नेता हुँ भन्छ र कराउँछ लाज लाग्छ
 
पैसा निमित्त मठ - मन्दिर भित्र छिर्ने
पैसा लिईकन सनातन धर्म चिर्ने
प्राचीन संस्कृति गुठी तिर बाण दाग्छ
नेता हुँ भन्छ र कराउँछ लाज लाग्छ
 
मेरो त्यहाँ प्रतिनिधित्व हुनै सकेन
तिम्रो कुनै प्रतिनिधित्व लिनै सकेन
हो चोर सज्जन बनीकन ऊ फलाक्छ
नेता हुँ भन्छ र कराउँछ लाज लाग्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016