विडम्बना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

काट्दैछन् सुख शान्ति चैन हँसिया , चक्कू छुरी ले अझै ।
हेर्दैछन् धन दूर को क्षितिज मा , छाना धुरी ले अझै ।।
बस्छन् आज अभाव भोक निमुखा , बन्दै मझेरी भरि ।
हुन्छन् प्यास उदास खिन्न बिचरा, पानी पँधेरी भरि ।।
 
जो सम्पन्न छ ऊ अझै शिखर मा , चढ्दैछ यो देश मा ।
जो हो निर्धन ऊ रसातल तिरै , खस्दैछ यो देश मा ।।
झन्झन् आर्थिक दुर्दशा असमता ,बढ्दोछ आगो सरि ।
नेता बुर्कुसिँदो छ यो मुलुक मा , स्वच्छन्द राँगो सरि ।।
 
सुस्केरा र थकाइ बोक्छ जनता , डोकाहरू मा अझै ।
पीडा आँशु र शोक पाक्दछ चुला - चौकाहरू मा अझै ।।
काखी को पसिना बनेर सपना , सड्दैछ सड्दैछ झैँ ।
हाँसेको सुख - शान्तिपूर्ण बिपना , डढ्दैछ डढ्दैछ झैँ ।।
 
छैनन् ती महिला सुरक्षित अझै , मर्छन् बलात्कार ले ।
सेकिन्छन् घरबार दीन जन का , अन्याय का मार ले ।।
बढ्दो यो महँगी नियंत्रित हुने , सङ्केत देखिन्न खै !
हत्यारा जन सामु दण्डित हुने , कानून लेखिन्न खै !!
 
डिब्बा रिक्त हुनेहरू अदब ले , बिक्छन् सबै ठाउँ मा ।
बोली मिष्ठ हुनेहरू गजब ले , जित्छन् सबै गाउँ मा ।।
बोल्छन् तिक्त त्रिसत्य जो मुलुक मा , ती खोजिइन्नन् कुनै ।
खोल्छन् द्वार विकास का प्रगति का , ती रोजिइन्नन् कुनै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016