विष सबै पिए शिव
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

शिव ! तिमी कृपालु छौ
करुण छौ दयालु छौ
नयन मा बसे तिमी
हृदय मा पसे तिमी
 
असुरगान छन् यहाँ
अभयदान छन् यहाँ
गरलपान मा पनि
विवश प्राण छन् यहाँ
 
भय र भोक मै चिरूँ
हृदय लोक मै छिरूँ
प्रबल भै लडूँ शिव !
सबल भै बढूँ शिव !
 
कुटिल चेतना धुलून्
जटिल भावना घुलून्
अधम चाहना नहोस्
बरु अशक्त ज्यान होस्
 
शिव ! सदैव नाच है
गलत तत्त्व भाँच है
तमस यो विवेक को
अब समूल नाश है
 
शहर का र गाउँ का
हर दिशा र ठाउँ का
सकल रोग यी हर
सुख र शान्ति ले भर
 
विषय नै त रात हुन्
अति निकृष्ट बात हुन्
विकट झारपात हुन्
तर नशा र मात हुन्
 
सब विकार त्याग्नमा
हर प्रकार लाग्नमा
बल तिमी दिए शिव !
विष सबै पिए शिव !

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016