विष तान न हे शिव
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जय जय शम्भु हे ! अब कृपा गर नित्य ममा
म छु भवसिन्धु मा , तव दया गर नित्य ममा
अविरल शान्त सत्य शिव मा मन लागिरहोस्
मनन गरेर नित्य मम जीवन जागिरहोस्
 
कति कति देव छन् , तर महेश्वर हौ प्रभु नै
कति कति ईश छन् , तर गणेश्वर हौ प्रभु नै
कुटिल भएँ म लौन कसरी जगदीश ! भन
जटिल बनेर जीवन जल्यो गर है शमन
 
असुर विनाश गर्न धनु घोर पिनाक लिनेे
ॠषि मुनि सन्त देव हित मा मन अर्पिदिने
ग्रह गण का प्रकाशक तिमी तर अन्ध छु म
छर न विशेष तेज शिव हे ! अति मन्द छु म
 
जति पनि छन् नदी सकल सागर मै मिसिने
जति पनि मार्ग छन् सकल शङ्कर मै सकिने
कति विष छन् ममा ,अधर ले शिव ! तान न है
थकित छु काम ले ,व्यथित जीवन धान न है
 
अतिशय काम को प्रबलता छ म भित्र शिव !
अगणित लोभ को प्रखरता छ म भित्र शिव !
शमन गरेर भक्ति प्रभु को अब पाइरहूँ
शरण परेर नित्य शिव - गान म गाइरहूँ
 
पशुपति ! नीलकण्ठ ! भगवान् ! भवमोचन हे !
परिवृढ ! विश्वरूप ! दृढ ! उग्र ! त्रिलोचन हे !
स्मरण गरूँ सदैव प्रभु का मृदु नामहरू
ग्रहण गरूँ पवित्र शिव निम्ति म कामहरू

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016