जो व्यक्ति मा, मुलुक का प्रति प्यार हुन्न !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जो व्यक्ति मा, मुलुक का प्रति प्यार हुन्न !
बाँचोस् मरोस् रुन परोस् दरकार हुन्न !!

छन् पढ्न सिक्न मुलुकै भरि पाठशाला !
सच्चा चरित्र किन आज तयार हुन्न ?

सब्जी छ अन्न छ सँगै फलफूल उस्तै !
यो देश का कृषक निम्ति बजार हुन्न !!

हार्नेहरू जिउ गरीकन माथि पुग्छन् !
जो जित्दछन् तिलक थाप्न निधार हुन्न !!

झर्ना खसे सतत,पत्थर नै खिइन्छ !
जो गर्छ यत्न , उसको पछि हार हुन्न !!

संसार का मुलुक ले ग्रह चुम्न थाले !
नेतृत्व मा किन विवेक विचार हुन्न ?
 
 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016