शरण शीघ्र नै पर्छु हे शिव
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न त महेश मा , ध्यान नै दिएँ
न त गिरीश को , ज्ञान नै लिएँ
अब त साधना , गर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
धन कमाउनै , जिन्दगी गयो
पद जमाउनै , जिन्दगी गयो
अब त सम्झना , गर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
कति लिएँ लिएँ , चाँदनी सुख
कति चुमें चुमें , कामिनी मुख
अब उपासना , गर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
अति म दौडिएँ , काम का पछि
अति म घोटिएँ , नाम का पछि
अब त वन्दना , गर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
न त म सङ्लिएँ , प्रेम - राग मा
न त म पग्लिएँ , भक्ति-भाव मा
अब त भावना , भर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
म शिव - चेतना , देख्न सक्तिनँ
मधुर सिर्जना , लेख्न सक्तिनँ
चरण - अर्चना , गर्छु हे शिव !
शरण शीघ्र नै , पर्छु हे शिव !
 
जब रुँदै - रुँदै , पाउ मा परूँ
नत हुँदै - हुँदै , प्रार्थना गरूँ
तब महेश हे ! हेरिबक्सियोस् !
कर म माथि नै , फेरिबक्सियोस् !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016