शर्मै छैन भने
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ऐना हेर्न भन्यौ र यो मुलुक को , हेरेर ऐना हिँड्यौं
सेना मार्न भन्यौ र यो मुलुक को , मारेर सेना हिँडयौं
छाना छोड भन्यौ र जङ्गल गयौं , आकाश छाना बन्यो
गाना छोड भन्यौ र त्यो पनि गर्यौं , सन्त्रास गाना बन्यो
 
जग्गा जोत्न भन्यौ र त्यो पनि गर्यौं , जोतेर जग्गा लियौं
चौका पोत्न भन्यौ र त्यो पनि गर्यौं , पोतेर चौका लियौं
तिम्रा लागि लड्यौं भिड्यौं वन गयौं,खायौं गिठा भ्याकुरा
तिम्रा लागि शयौं अपाहिज भयौं , भाँच्यौं दुवै पाखुरा
 
झोला बोक भन्यौ र त्यो पनि गर्यौं , सन्देश तिम्रो लिँदै
गोला ठोक भन्यौ र त्यो पनि गर्यौं , आदेश तिम्रो लिँदै
आँखा खोल विरुद्ध शोषक भन्यौ , खोलेर हेर्यौं पनि
आगो घोल विरुद्ध शासक भन्यौ , घोलेर हेर्यौं पनि
 
पैसा चोर्न भन्यौ र बैंक लुटियो , उन्मुक्ति का नाउँ मा
किल्ला फोर्न भन्यौ र सैन्य भुटियो , उन्मुक्ति का नाउँ मा
आगो संस्कृत मा लगाउन भन्यौ , आगो लगाई बस्यौं
जिम्मावाल सबै भगाउन भन्यौ , सारा भगाई बस्यौं
 
चुड्का नाच्न भन्यौ धनी भवन का , ती आँगनी मा छिर्यौं
खुट्टा भाँच्न भन्यौ निरीह जन का , आमा र बाबा पिर्यौं
लाग्थे जे दमदार खास पहिले , यो चित्त मा सोच मा
त्यो जम्मै बकबास लाग्छ अहिले , यो चित्त मा सोच मा
 
हाम्रो काँध चढेर यो मुलुक को , सत्ता सँभाल्ने तिमी
पत्ता - तोड घुमेर विश्व भर को , भत्ता अँगाल्ने तिमी
धर्मै छैन भने सडान्ध मन मा , खोक्दै उदाङ्गै हिँड
शर्मै छैन भने दुवै नयन ती , चिम्लेर नाङ्गै हिँड

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016