शहरिया बन्दा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मान्छे जत्ति हुँदैछ झन् शहरिया , फँस्दैछ ऊ स्वार्थ मा
मुद्रा आर्जन निम्ति शीर्ष र घुँडा , धस्दैछ ऊ व्यर्थ मा
पौडेको छ उहीँ उहीँ फगत ऊ , विश्रान्ति पाए विना
दौडेको छ तताउँदै रगत ऊ , भारी बिसाए विना
 
ठूला पीपल बोट झैँ घर थिए , ती गाउँ मा शीतल
लाग्थे सुन्दर सत्य सेवित हुँदा , ती प्रेम - पुण्यस्थल
बाजे बाबु मुमा सँगै जिजुमुमा , संस्कार दिन्थे महान्
एकार्का सँग नित्य जोडिन गई , आधार बन्थे महान्
 
इन्द्रेणी सरि भव्य सुन्दर थियो , रङ्गीन संसार त्यो
साँच्चै पावन देव - मन्दिर थियोे , ग्रामीण संसार त्यो
हाँसेका अनुहार निश्छल थिए , आँखा सँगै ओठ मा
मान्छे का व्यवहार निर्मल थिए , आवास मा गोठ मा
 
मान्छे आज हुँदैछ यो शहर मा , शालीक झैँ चित्र झैँ
अर्काका भय - आपदा - कहर मा , बन्दैन सन्मित्र झैँ
मान्छे भित्र न शान्ति को चहकिलो , बल्दो कुनै दीप छ
छाती मा न त प्रेम को गहकिलो , सौन्दर्य वा सीप छ
 
कामी - नेत्र बनाउँदै शहर मा , घुम्दो छ ऊ केवल
रक्सी साथ गनाउँदै जहर मा , झुम्दो छ ऊ केवल
आफ्नो धर्म र कर्म आज मनुवा , भुल्दै छ झैँ लाग्दछ
आफैं खस्न र फँस्न खाडल - कुवा , खन्दै छ झैँ लाग्दछ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016