शान्ति दिवस का अवसर मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

माटो मा विष हाल्न बन्द गरियोस् ,माटो भरी शान्ति होस् !
पानी मा बिख घोल्न अन्त्य गरियोस् ,पानी भरी शान्ति होस् !!
बाँकी रम्य निकुञ्ज मा र वन मा , आकाश मा शान्ति होस् !
सारा जीवन मा तथा पवन मा , आवास मा शान्ति होस् !!
 
एकार्का बिच को अखण्ड प्रभुता , सम्मान होस् आपसी !
अर्को देश विरुद्ध आक्रमण मा , कोही न जाओस् रती !!
हस्तक्षेप नहोस् निजी विषय मा ,भ्रातृत्व को रीति होस् !
एकार्का बिच लाभ को र सम को,शान्तित्व को नीति होस् !!
 
आफ्नै लागि नहेरियोस् हर खुशी , स्वार्थान्धता अन्त होस् !
आफ्नै कारण ले नहोस् पर दुखी , सङ्कीर्णता बन्द होस् !!
आफ्नै शक्ति प्रदर्शनी पनि नहोस् ,दम्भीपना ध्वस्त होस् !
धक्कू धाक घमण्ड कुत्सित अहम् ,लोभीपना अस्त होस् !!
 
जेजे ले मुटु पोल्छ यो मुलुक को , त्यो वस्तु चाहन्छ को ?
जोजो ले विष घोल्छ यो मुलुक मा , त्यो तत्त्व चाहन्छ को ?
जे लाग्छन् प्रतिकूल यो हृदय मा , ती काम गर्दा डरौँ !
जे लाग्छन् अनुकूल यो हृदय मा , ती काम मात्रै गरौं !!
 
यो गम्भीर कुरा हरेक जन ले , जाने अहिंसा भयो ।
बाँचौं बाँच्न दिऔं भनेर मन ले , माने अहिंसा भयो ।।
मान्छे मा सह - भाव सिर्जित भए , बन्नेछ ऊ बुद्ध नै ।
मान्छे मा पशुता विवर्द्धित भए , गर्नेछ ऊ युद्ध नै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016