शिव को धुन गुन्गुनाऊँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ई पाउ बाट शिव - मन्दिर मा म धाऊँ
ई हात नै म शिव - पूजन मा लगाऊँ
गाएँ निकै गजल कोकिल कण्ठ खोली
यो कण्ठ ले म शिव को गुणगान गाऊँ
 
ई कान ले कति सुने कति व्यर्थ बात
अज्ञान - रात न गयो न भयो प्रभात
छाडूँ अरू ; शिव - कथा म सुनूँ सुनाऊँ
कल्याणपूर्ण शिव को धुन गुन्गुनाऊँ
 
यो नाक ले कति सुँघेँ म सुगन्ध मन्द
कामादि ले हुन पुगेँ मदमत्त अन्ध
भो ; नाक ले शिव - पराग पिऊँ सदैव
संसार बाट म विराग लिऊँ सदैव
 
जिब्रो रह्यो सतत षट् रस मा विलीन
आस्वादनीय शिव देखि भयो विहीन
छाडूँ म खोज्न रस खीर तथा पुरी मा
मौरी बनूँ म शिव को रस माधुरी मा
 
आँखा गए मधुर कोमल कामिनी मा
अन्धा भए ललित राग र रागिणी मा
ई नेत्र नित्य शिव - दर्शन मा लगाऊँ
यो चित्त दीपक बनीकन जग्मगाऊँ
 
मस्तिष्क निर्मल पवित्र भएन कैल्यै
गङ्गा बनेर शिव तर्फ गएन कैल्यै
आएन बुद्धि अझ वर्ष चवन्न नाघ्दा
गर्दैछु याद शिव को म बुढ्याइँ लाग्दा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016