शिव तत्त्व जान्दिनँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छु अज्ञ धेरै , शिव तत्त्व जान्दिनँ
यो सृष्टि को , सुन्दर सत्य जान्दिनँ
हाहा गरी हाँस्दछु माथि माथि म
अध्यात्म को दिव्य महत्त्व जान्दिनँ
 
के मा छ कल्याण सही म जान्दिनँ
के हो अकल्याण त्यही म जान्दिनँ
बोधो छ मेरो मन बुद्धि चेतना
अज्ञान विज्ञान र ज्ञान जान्दिनँ
 
को हो तपाईं ? गुण कर्म जान्दिनँ
स्वभाव के हो ? कुल धर्म जान्दिनँ
तथापि जिज्ञासु बनी पुकार्दछु
निष्कर्म सत्कर्म विकर्म जान्दिनँ
 
हजूर को के महिमा ? म जान्दिनँ
गुरुत्व साथै गरिमा म जान्दिनँ
महा विराट् हे शिव जी ! हजूर को
विशालता को अणिमा म जान्दिनँ
 
तसर्थ हे शम्भु ! म माथि दृष्टि होस्
यो चेतना मा शिव - भक्ति वृष्टि होस्
भिजोस् र जागोस् मरुभूमि झैँ मन
उहीँ सुनौलो शिव भाव सृष्टि होस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016