शिव षडक्षरी स्तोत्र
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ॐकार सृष्टि - स्थिति - नाश - हेतु
हो तत्त्व "ॐ" जीव र ब्रह्म - सेतु
उहीँ छ सर्वेश्वरता तमाम
"ॐ" रूप का हे शिवजी ! प्रणाम
 
न देव ले आदि र अन्त्य भेट्ने
न वेद ले वर्णन गर्न सक्ने
जलाउने `काम´ हुने अकाम
"न" रूप का हे शिवजी ! प्रणाम
 
महान् स्वयम् छौ तर ध्यान गर्छौ
अज्ञान हर्छौ नव ज्ञान छर्छौ
जप्छौ सधैं तारक - ब्रह्म राम
"म" रूप का हे शिवजी ! प्रणाम
 
शिवा सँगै ब्रह्म - विहार गर्ने
भुजङ्ग को सुन्दर हार बर्ने
गङ्गा शशी छन् शिर मा ललाम
"शि" रूप का हे शिवजी ! प्रणाम
 
वाग्दान गर्छौ विष - पान गर्छौ
विभूति घस्छौ वृष माथि बस्छौ
हुन्छिन् `उमा´ जो सँग अङ्ग वाम
"व" रूप का हे शिवजी ! प्रणाम
 
यज्ञ क्रिया का अधि देवता हौ
हौ एक त्यो बाट अनेकता हौ
अनन्त छन् कर्म अनन्त नाम
"य" रूप का हे शिवजी ! प्रणाम

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016