शिव - कोप
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जसै सती ले अपमान झेलिन्
यज्ञाग्नि मा ज्यान समेत हेलिन्
टुट्यो तुरुन्तै शिव को समाधि
चल्यो उहीँ भीषण तीव्र आँधी
 
खोलेर हेरे शिव ले त्रिनेत्र
क्रोधाग्नि बालीकन यत्र - तत्र
भूकम्प आयो धरती फटायो
आतङ्क ले यो दुनियाँ ठटायो
 
आकाश गर्जीकन मेघ छायो
कालो - निलो चार दिशा गरायो
चम्केर विद्युत् जब चट्चटायो
मानौं भयो क्वै यमराज आयो
 
तोडे जटा ; शङ्कर भट्भटाए
बत्तीस दाह्रा जब कट्कटाए
निस्के उहीँ तामस वीरभद्र
संहार का घोर प्रतीक रुद्र
 
विनाश को ताण्डव नृत्य चर्क्यो
धर्ती र आकाश समग्र थर्क्यो
भयो अचम्मै सँग वज्रपात
उत्तालिए छाल समुद्र सात
 
चिन्ता बढ्यो देव - मनुष्य भित्र
आक्रोश देखी शिव को विचित्र
भने सबै ले शिव ! हौ प्रसन्न
गर्छौँ नमस्कार बनी प्रपन्न
 
तत्काल आफ्नो रिस शान्त गर्ने
सद्भक्त को चित्त प्रशान्त गर्ने
ती देव का पाउ म पर्छु नित्य
जो हुन् उनै अन्तिम ब्रह्म - सत्य
 
प्रपन्न = शरण मा परेको

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016