शिव - वन्दना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेरो बुद्धि - विवेक मा अब कृपा , वर्षाइदेऊ शिव !
मेरो मूर्च्छित - चेतना समय मै , ब्यूँझाइदेऊ शिव !!
जे छन् उग्र नशाहरू सब त्यजम्,अज्ञान सारा हरम्
तिम्रा ती चरणारविन्द म भजम् ,"सत्यं शिवं सुन्दरम्"
 
स्वार्थी नीच विचार का विषहरू , छन् फैलिएका ममा
सेवा-शान्ति दया र प्रेम - ममता , छन् वैलिएका ममा
तिम्रो पावन नाम को म जग मा, सद् बीज मात्रै छरम्
हे शम्भो ! मन ले सदैव म भजम्,"सत्यं शिवं सुन्दरम्"
 
हे विश्वेश्वर ! ईश हे ! स्मररिपो ! सर्वज्ञ ! हे शङ्कर !
हे सर्वेश्वर ! नाथ हे ! पशुपते ! हे शम्भु ! व्याघ्राम्बर !!
तिम्रा पावन नाम चित्त-तल मा, जीवन्त राखम् धरम्
सारा जीवन आशुतोष ! म भजम् , "सत्यं शिवं सुन्दरम्
 
जे जे छन् जग मा अमंगलहरू ,सर्वस्व छिन्छौ शिव !
गाँजा-भाँङ नशा विषाक्त धतुरो,सर्पादि लिन्छौ शिव !!
भूत-प्रेत-पिशाच का भय हरम् , आशीष वर्षा गरम्
हे ईशान ! दयानिधान ! म भजम् "सत्यं शिवं सुन्दरम्
 
प्रेमी भैकन अश्रु-पूरित हुनन् ,के नेत्र मेरा दुवै ?
तिम्रा लागि रुँदै-रुँदै म हिंडुला,उन्मत्त बन्दै खुवै ?
काया ले मन ले र आत्मधन ले, भन्दै गरम् "शङ्करम्"
हे गङ्गाधर ! नित्य-नित्य म भजम् ,"सत्यं शिवं सुन्दरम्"

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016