शिवस्तुति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

शिव ! अनादि ! अनन्त ! निरञ्जन !
मरण - जन्म - जरा - भय - भञ्जन !
अति असीमित ! व्यापक ! हे शिव !
सगुण भैकन निर्गुण हे शिव !
 
प्रमथ - नायक ! भूत - विनायक !
कुमति - दुर्गति का गति - दायक !
मदन - मारक हे ! भव - तारक !
हर अमङ्गल मङ्गल - कारक !
 
विकृति ले अति व्याप्त छ यो मन
छ अभिशप्त अझै पनि जीवन
नजर ले कि त हेर न हे शिव !
कि त परिस्थिति फेर न हे शिव !
 
हृदय मा कति छन् कति तर्कना
म त गरूँ कसरी शिव - अर्चना ?
बस न यो मन मा शिव हे ! तिमी
वचन कर्म र साधन मा तिमी
 
करुण भैकन हे शशि ! शेखर !
विकल - क्रन्दन जीवन को हर
मधुर शीतलता यसमा छर
महक चन्दन को मृदुता भर
 
न त पिता जननी न सहोदर
न धन को बल को कुल को भर
सुजन निम्ति सदैव प्रियङ्कर !
सकस मा शिव हौ अभयङ्कर !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016