शिवाष्टक
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

समय मै अब हे मन ! जागिदे
अमृत - तत्त्व कमाउन लागिदे
शिव - समाधि कसीकन बस् अब
भवधि मा यसरी तँ नफँस् अब
 
अधर ले शिव - नाम पिइस् भने
विषय देखि विराम लिइस् भने
खुलिदिने छ समस्त रहस्य नै
सफल जन्म हुने छ अवश्य नै
 
शिव विना न त अर्थ छ ज्ञान को
शिव विना न त अर्थ छ ध्यान को
जप र पूजन का बल हुन् शिव
तप र साधन का फल हुन् शिव
 
छ सुख भित्र ; म खोज्दछु बाहिर
विषय मै किन भुल्दछु आखिर ?
गर कृपा शिव जी ! म उठूँ उँभो
मति उँचाइ चुमोस् नझरोस् उँधो
 
म सँग लोभ छ भोग छ दुर्दम
भय छ भोक छ शोक छ औ भ्रम
गहन सागर तर्नु छ हे शिव !
चरण को भर पर्नु छ हे शिव !
 
हृदय - अन्तर मा शिव बस्दछौ
नयन - सुन्दर मा शिव रम्दछौ
मृदुल फूल बनी शिव फुल्दछौ
सलिल मूल बनी शिव खुल्दछौ
 
भुवन मा वन मा शिव नै त छौ
सुमन मा मन मा शिव नै त छौ
सकल जीव चराचर मा शिव
सगर निर्झर सागर मा शिव
 
म त हुँ जूनकिरी शिव इन्दु हौ
म त हुँ बिन्दु तिमी जलसिन्धु हौ
गर दया करुणाकर ! हे शिव !
धर ममा वर को कर हे शिव !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016