शिवेच्छा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कैयौं जुनी पछि मनुष्य शरीर पाएँ
यो हो अनित्य तर नित्य भनी रमाएँ
यो चित्त मूर्च्छित रह्यो अब ता जगाऊँ
तत्काल चित्त शिव का पद मा लगाऊँ
 
गाऊँ सदैव शिव का म गुणानुवाद
निष्काम भक्ति शिव मा म गरूँ अगाध
नाचेर कीर्तन गरूँ लवलीन होऊँ
थोपो हुँ `सिन्धु शिव´मा म विलीन होऊँ
 
सम्झूँ सदैव प्रभु का चरणारविन्द
सद्भक्ति को मधु पिऊँ म बनी मिलिन्द
पूजा र अर्चन गरूँ शिव - दास बन्दै
सप्रेम वन्दन गरूँ म सनाथ बन्दै
 
स्वामी बनाउन सकूँ म महेश लाई
बिन्ती बिसाउन सकूँ म उमेश लाई
यद्वा खरो गुरु बनून् विष - दोष पोल्न
साथी बनून् प्रिय बनून् मन - पेट खोल्न
 
पासो लिएर जब काल अगाडि बढ्ला
यो प्राण हर्न यसकै शिर माथि चढ्ला
ढीलो हुनेछ तब गर्न विशेष कर्म
बेला छँदै सब निभाउनु पर्छ धर्म

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016