श्रीवृद्धि होस् देश को
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हाम्रो देश सुयोग्य होस् दश दिशा,सौन्दर्य फैलाउन !
सच्चा उन्नति को त्रिनेत्र-डमरू , धी - सूत्र पैल्याउन !!
तत्कालै अब देश ले घन घसोस् ,पारोस् छिटो बन्चरो !!
ढुङ्गा माथि कला कुँदोस् र जिउँदो पारी उडाओस् चरो !!
 
हाम्रो देश सदैव प्रेरक बनोस् , सद्भाव मा शान्ति मा ।
विश्वासी नबनोस् कुरीति मति मा,विश्रान्ति विभ्रान्ति मा ।।
लैजाओस् हर चेतना युग सँगै , बुद्धत्व - बन्धुत्व मा !
लागोस् देश समृद्धि को शिखर मा,देवत्व मा सत्व मा ।।
 
चर्को शुल्क थपी थपीकन लिने , नेता नहोऊन् यहाँ !
चौतर्फी महँगी थपीकन दिने , नेता नहोऊन् यहाँ !!
होस् आदर्श पिता दयालु मन को, सन्तान का खातिर !
होस् नेता अभिभावकीयपन को,केही नहोस् है पिर !!
 
फोडोस् जात र नस्ल का कटमिरा,तीता र टर्रा कुरा !
तोडोस् रूढि र साम्प्रदायिक शिरा,सम्पूर्ण भुत्ते छुरा !!
पालोस् श्वेत - कपोत यो मुलुक ले,त्यो शान्ति को गन्ज मा !
पाओस् गौरव मानवीय प्रभुता , संसार को मञ्च मा !!
 
अज्ञानावृत मेघ तामस चिरोस् , नेपाल ले केवल !
विज्ञानाधृत चेतना तिर छिरोस् , नेपाल होस् उज्ज्वल !!
च्यातोस् निर्धनता सँगै विषमता,श्रीवृद्धि होस् देश को !
फड्को मार्न सकोस् मिलोस् सफलता,संसिद्धि होस् देश को !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016