सङ्घर्ष
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पढ्दा मानिस ले निरन्तर यहाँ , सङ्घर्ष नै गर्दछ
लड्दा जीव जगत् चराचर यहाँ , सङ्घर्ष नै गर्दछ
देखेको हर वस्तु पाउन कडा चाहिन्छ सङ्घर्ष नै
खोजेको जति मूल्य भेट्न तगडा चाहिन्छ सङ्घर्ष नै
 
को सङ्घर्ष विना महान् विजय को,फेता गुत्यो लौ भन ?
को सङ्घर्ष विना हिमालय चढ्यो , नेता बन्यो लौ भन ?
विद्वान् बन्न र शक्तिमान् हुन महान्,चाहिन्छ सङ्घर्ष नै
प्रज्ञावान् हुन चन्द्रमा छुन महान् , चाहिन्छ सङ्घर्ष नै
 
बस्दा पाण्डव चौध वर्ष वन मा , सङ्घर्ष लाखौं गरे
उस्तै राघव ले घना विपिन मा , सङ्घर्ष लाखौं गरे
जो जो मानिस नम्बरी हुन पुगे , सङ्घर्ष गर्थे बडा
जो जो व्यक्ति अजम्बरी हुन पुगे , सङ्घर्ष गर्थे कडा
 
कोही गायक बन्छ उत्तम यहाँ , सङ्घर्ष ले बन्दछ
कोही नायक बन्छ सुन्दर यहाँ , सङ्घर्ष ले बन्दछ
अत्याचार विरुद्ध के कति भए , सङ्घर्ष द्वारा भए
आविष्कार जहाँ जहाँ जति भए , सङ्घर्ष द्वारा भए
 
कोही कृष्ण बने कुनै ध्रुव बने , सङ्घर्ष बाटै बने
कोही बुद्ध बने कुनै शिव बने , सङ्घर्ष बाटै बने
जो उत्पादक छन् सदैव तिनको , जारी छ सङ्घर्ष नै
जो वैज्ञानिक छन् सदैव तिनको , जारी छ सङ्घर्ष नै
 
पानी मा पनि बल्छ तेज बिजुली , सङ्घर्ष गर्दै गरे
माटो मा पनि फल्छ स्वर्ण र रुवी , सङ्घर्ष गर्दै गरे
जो सङ्घर्ष गरेर चढ्दछ धुरी , व्यक्तित्ववान् बन्दछ
जो सङ्घर्ष गरेर चुम्छ चुचुरी , अस्तित्ववान् बन्दछ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016