सत् तर्फ लाग्नै छ असत्य देखि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मनै त हो भुक्ति र मुक्ति - हेतु
मनै त हो उत्तम धर्म - सेतु
भयो भने यो मन शान्त शुद्ध
मनुष्य को जीवन बन्छ बुद्ध
 
नदी डुबी हुन्छ र चित्त शुद्धि ?
शिला पुजी हुन्छ र आत्मशुद्धि ?
छ रीति अर्कै तन शुद्ध गर्ने
छ जुक्ति अर्कै मन शुद्ध गर्ने
 
निकै गयौं तीर्थ त्यहाँ नुहायौं
शरीर लाई जल मा डुबायौं
परन्तु मैलो मन को गएन
सुवासिलो जीवन नै भएन
 
निधार को चन्दन ले भएन
जनेउ को बन्धन ले भएन
न हुन्छ ती मन्दिर मा चहारी
न हुन्छ ती मूर्तिहरू निहारी
 
तिखार्नु पर्ने छ स्वकर्म लाई
सुधार्नु पर्ने छ स्वधर्म लाई
विचार बढ्ला जब ध्यान बाट
हामी उठौंला तब ज्ञान बाट
 
लडाउने लड्न तयार बन्ने
भिडाउने भिड्न तयार बन्ने
सदैव कालो व्यवहार गर्ने
यहाँ वहाँ ईश - पुकार गर्ने ?
 
यस्ता कुरा त्याग्नु छ चित्त देखि
मूर्च्छा त्यजी जाग्नु छ भित्र देखि
आत्मानुसन्धान गरेर आफैं
सत् तर्फ लाग्नै छ असत्य देखि

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016