समीर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

प्रकृति नव युवा हुन् ,क्यै नयाँ गर्न सक्छन्
गजल किरण नौला , देश मा छर्न सक्छन्
 
अतुल बल निकाली , बोक्न सक्छन् पहाड
गहन जलधि आफ्नै , शक्ति ले तर्न सक्छन्
 
मन सबल बनाई , नित्य सङ्घर्ष गर्दा
अगणित गुण द्वारा , देव ले वर्न सक्छन्
 
तन मन धन द्वारा , नित्य सेवा गरेमा
असल गुण गुरु का , शिष्य मा सर्न सक्छन्
 
अविहित नगरे है , बाल बच्चा अगाडि
अवगुण जति सारा , चित्त मा पर्न सक्छन्
 
वन विपिन डढेमा , वृक्ष लाखौं कटेमा
खग मृग गज अर्ना , के गरी चर्न सक्छन् ?
 
शरण यदि परेमा , भावना अर्पिएमा
अघ भव - भय लाखौं , कृष्ण ले हर्न सक्छन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016