सानो यात्रा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यात्रा जीवन को अभिन्न गति हो , यात्रा कुनै हो नदी
यात्रा उन्नति हो तथा प्रगति हो , यात्रा न हो जिन्दगी
सारा विश्व सँगै चराचर जगत् , गर्दैछ यात्रा कतै
यो भूगोल खगोल व्यापक फगत् , गर्दैछ यात्रा कतै
 
यात्रा बीच बन्यो पडाव पहिलो ,`गोर्खे´ उहाँ को कुटी
केही बेर त्यहाँ बसेर कविता , मीठा पियौँ घुट्घुटी
खोले श्रीशिव ले कलात्मक गला , गोविन्द का साथ मा
यो नै बन्न गयो मनोहर पला , सत्काव्य - आवास मा
 
यौटा काव्यरथी प्रतीक्षित थिए , वीणा थिए काव्य का
उम्दा साधक मा प्रमाणित थिए , हीरा थिए काव्य का
सन्ध्या मा शशि झैँ उदाउन पुगे , भेट्यौं रमायौं खुबै
सौराहा पुगियो र साँझ पख मा , मस्ती जमायौँ सबै
 
यात्रा पूर्ण भयो महान् मन हुने , श्रीपूर्ण जी साथ मा
न्यानो स्वागत मा मिठास थपियो , सद्भाव सौगात मा
हेर्यौं संस्कृति थारु का गहकिला , नौलो मजा पाइयो
लट्ठी नाच मयूर नाच सँग मा , खाना मिठा खाइयो
 
यात्रा गर्नु छ जिन्दगी भरि यहाँ , नौला कुरा हेर्नु छ
नौला सोच विचार ले समय का , पान्नाहरू फेर्नु छ
यात्रा गर्दछ सिन्धु खातिर नदी , चट्टान फोडीकन
उस्तै ईश्वर निम्ति जीवन बढोस् , संसार मोडीकन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016