सामुद्री मझधार भित्र अहिले , यो देश का नाउ छन् ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सामुद्री मझधार भित्र अहिले , यो देश का नाउ छन् ।
चर्को भोक र रोग ले थिलथिलो , यो देश का गाउँ छन् ।।
 
बाँड्छन् केवल सान्त्वना र सपना , सत्ताधिकारीहरू ।
नेपाली मुटु भित्र बल्झिरहने , नैराश्य का घाउ छन् ।।
 
शोषिन्छन् जनता बजार बिच मा , के हेर्छ यो राज्य ले ?
एकै वस्तु विभिन्न ती पसल मा , मिथ्या पृथक् भाउ छन् ।।
 
सारङ्गी छ उदास खिन्न मुरली , बज्दैन मीठो गरी ।
लेख्नै निम्ति प्रतीक लाख थरि छन् , विम्बादि का ताउ छन् ।।
 
भोका स्यालहरू छिरे मुलुक को , भण्डार मा के हुने ?
देखिन्नन् र स्वदेश लुट्न कति का , उत्ताउला दाउ छन् ?
 
केही हुन्छ नयाँ भनेर जनता , हेर्दैछ बाटो यहाँ ।
के देलान् र विकास गर्न तिनले , जो चोर का बाउ छन् ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016