सार्थक होस् रुवाइ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

रुँदैनन् यहाँ को ? सबै व्यक्ति रुन्छन्
हुँदैनन् दुखी को ? सबै व्यक्ति हुन्छन्
कुनै पीर आपत्ति का लागि रुन्छन्
कुनै तुच्छ सम्पत्ति का लागि रुन्छन्
 
दुखी चित्त बल्कन्छ , ढल्कन्छ आँशु
सुखी चित्त मल्कन्छ , छल्कन्छ आँशु
दया - प्रेम ले झर्छ , त्यो आँशु के हो ?
धुवाँ - धूलि ले खस्छ , त्यो आँशु के हो ?
 
महान् मित्र को मेल ले बग्छ आँशु
वियोगाग्नि को खेल ले खस्छ आँशु
घृणा ले र दुत्कार ले झर्छ आँशु
प्रशंसा - पुरस्कार ले झर्छ आँशु
 
कुनै व्यर्थ - बेकार का लागि रुन्छन्
कुनै स्वार्थ - साकार का लागि रुन्छन्
रुँदैनन् यहाँ भक्ति का लागि कोही
रुँदैनन् महाशक्ति का लागि कोही
 
रुने नै भए ईश का लागि रोऊन्
उनै द्वारकाधीश का लागि रोऊन्
पुकारून् र पग्लून् वियोगी बनेर
उनैको कृपाशीष का लागि रोऊन्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016