सिए झैँ छ देश
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नशा मूर्च्छना को , पिए झैँ छ देश !!
गँड्यौला भई , खुम्चिए झैँ छ देश !
 
खटारा बनी मिल्किए झैँ छ गाडी !
कतै खोँच मा , थन्किए झैँ छ देश !!
 
मुसा को छ आतङ्क , भण्डार भित्र !
रिसाएर लठ्ठी , लिए झैँ छ देश !!
 
पस्यो आँगनी भित्र , बाढी र पैह्रो !
पिई आँशु ; भक्कानिए झैँ छ देश !!
 
सुतेको छ लम्तन्न , तन्ना बनी यो !
सुकेनाश लागी , जिए झैँ छ देश !!
 
कृपा-दृष्टि देऊ न , हे कृष्ण ! चाँडै !
नसा च्यात्तिएको , सिए झैँ छ देश !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016