सिर्जना तर्फ मोडौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

दायाँबायाँ जुन मुलुक छन् , वर्णनातीत झैँ छन् !
जल्दाबल्दा प्रविधिमय छन् , कल्पनातीत झैँ छन् !!
अग्ला राम्रा गृह-भवन छन् , उच्च आकाश चुम्छन् !
चौडा रास्ता प्रगतिमय छन् , यात्रु का चित्त चोर्छन् !!
 
नौला आँखा अति चहकिला , दृश्य छन् नित्य नौला !
शैली नौला कति गहकिला , चेतना सृष्टि नौला !!
गाडी नौला कति गजब का , यन्त्र का रूप नौला !
खाने बस्ने सुख र सुबिधा , सीप छन् खूब नौला !!
 
गर्छन् उत्पादन कति नयाँ , बेच्दछन् विश्व लाई !
दिन्छन् मुद्रा मुलुकभर का , वित्त वाणिज्य लाई !!
हुन् ती छोरा अलिकति कतै , हार्नु मा शर्म गर्छन् !
आफ्ना गोडा सबल र दरा , पार्नु मा गर्व गर्छन् !!
 
आफ्ना सारा सडक जति छन् , दैव को श्राप देख्छु !
खाल्डाखुल्डी बगर सरि छन् , नर्क को पाप देख्छु !!
खोला बग्छन् अविरल यहाँ , खान पाइन्न पानी !
विद्युत् बालीकन प्रगति मा , लाग्न पाइन्न हामी !!
 
मन्त्री बन्दा धन र ढुकुटी , रात का रात फल्थे !
नेताजी मा सहमति हुने , बात का बात चल्थे !!
ढुङ्गो पाक्थ्यो बरु कुकर मा , व्योम मा फूल फुल्थ्यो !
बन्थेनन् ती सहमति कुनै , स्वार्थ को खेल हुन्थ्यो !!
 
आगो बल्थ्यो हर सडक मा , बन्द या जाम हुन्थ्यो !
खुट्टा तान्ने छल र बल का , काम नै आम हुन्थ्यो !!
साना ठूला सब किसिम का , योजना मन्द हुन्थे !
राम्रा राम्रा प्रतिफल दिने , काम ती बन्द हुन्थे !!
 
मर्दो आशा अलिअलि गरी , बल्न थाल्दैछ बल्ल !
नौलो बत्ती नव सृजन को , जल्न थाल्दै छ बल्ल !!
यो बेला मा हर विकृति का , गुप्त भण्डार फोडौं !
दुष्टात्मा को हृदय बदलौं , सिर्जना तर्फ मोडौं !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016