स्थिति फेरिनै पर्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

उस्तै कत्ति नहोस् परिस्थिति यहाँ , त्यो फेरिनै पर्दछ
व्यर्थै कत्ति नहोस् उपस्थिति यहाँ , त्यो बौरिनै पर्दछ
धक्का मार्नुछ शीघ्र नव्ययुग मा , जाने भए हे युवा !
साँच्चै भव्य समृद्ध सभ्ययुग मा , जाने भए हे युवा !
 
होस् शङ्कास्पद त्यो नवीन पल होस् नौला बनून् योजना
होस् संदिग्ध पला तथा प्रतिपला , नौला बनून् सिर्जना
आफ्नै वस्तु यहाँ प्रयोग गरियोस् , उद्योग लाखौं बनून्
नौलो सूर्य बनी प्रकाश भरियोस् , वा.. वा.. सबै ले भनून्
 
खानै पर्दछ त्यो फलाम चिउरा , सारा युवा ले यहाँ
चुम्नै पर्दछ पर्वतीय चुचुरा , सारा युवा ले यहाँ
खट्ने हो दिनरात भोक नभनी , के काम हुन्नन् यहाँ ?
जुट्ने हो दल ती अनेक नबनी , के काम हुन्नन् यहाँ ?
 
जो जो दास थिए हिजो भुवन मा , ती आज स्वामी भए
आफ्नो पौरख ले र कर्मबल ले , ती अग्रगामी भए
हाम्रो स्थान अतीत मा कति थियो , हामी सबै ले बुझौं
कस्तो आर्थिक भौतिकी गति थियो , हामी सबै ले बुझौं
 
गल्ती गर्दछ बाबु ले यदि भने , सन्तान ले रोक्नुछ
गल्ती गर्दछ ठालु ले यदि भने , सामान्य ले ठोक्नुछ
सारा हात जुटेर लाग्नुछ छिटो , यो देश चम्काउन
सारा काँध जुरुक्क उठ्नुछ छिटो , यो देश लम्काउन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016