स्याल डरायो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भुलेर सिंह ठानेको , तर स्याल रहेछ ऊ
सबै ले उच्च मानेको , आज दम्भी भएछ ऊ
 
सुतेको सिंह ले जाग्दै , हल्लायो आङ बेस्सरी
हुँइयाँ हुँइयाँ गर्दै , करायो स्याल एस्तरी
 
सिंह को ओजिलो हावा , चले झैँ मात्र के थियोे
टिलिक्क टल्कने आँखा , बले झैँ मात्र के थियोे
 
चोर को मन मा शङ्का ,भए झैँ स्याल आत्तियो
छोपेको वाह्य आदर्श , झुत्रो भैकन च्यात्तियो
 
सिंह को गर्जना छैन , कन्दरा भित्र नै छ ऊ
उसमा तिर्सना छैन , विचित्र चित्र झैँ छ ऊ
 
तथापि उसको सास , स्याल ले कसरी सुँग्यो ?
सिंह को सास ले मानौं , स्याल को मुटु मा ठुँग्यो
 
गर्जंदै आउला सिंह , स्याल का ठाउँ मा जसै
हुने छैन कुनै सत्ता , स्याल का नाउँ मा कसै
 
अभिभावक झैँ सिंह , बन्नेछ यस देश को
मार्ने छैन कुनै स्याल , गाउँ को या प्रदेश को

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016