स्वच्छता निम्ति अभियान
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हर वाहन मा एक , कुडादानी हुनैपर्यो
कुडादानी नराखे त , कारबाही हुनैपर्यो
 
कुडादानी हुनैपर्ने , हरेक बस - कार मा
व्यवस्था राज्य ले ल्याओस् , होस् नीति सरकार मा
 
गन्दगी राख्नका लागि , जाली होस् हर सीट मा
अथवा एउटा झोला , खाली होस् हर सीट मा
 
यात्री हौं पिउँछौं पानी , फाल्छौं बोतल बाहिर
बन्द प्याकेज का खान्छौं , फाल्छौं प्लास्टिक बाहिर
 
निगरानी हुनैपर्छ , छड्के जाँच गरी गरी
कारबाही हुनैपर्छ , नीति तोड्दा घरी घरी
 
तराई भेक मा हेरौं , बाटा का छेउ बोतल
पहाडी लेक मा हेरौं , बाटा का छेउ बोतल
 
विदेशी दृष्टि मा हामी , जङ्गली छौं अझै पनि
आँफै शिक्षित हौं ठान्छौं , दङ्ग पर्छौं अझै पनि
 
मार्ग स्वच्छ कहीं छैनन् , हेर्दैमा लाज लाग्दछ
हाम्रा सोच सही हैनन् , सोच्दैमा लाज लाग्दछ
 
दायाँ फर्केर हेरेमा , छन् प्लास्टिक र बोतल
बायाँ फर्केर हेरेमा , छन् प्लास्टिक र बोतल
 
स्वच्छता निम्ति नै हाम्रो , अभियान चलोस् महान्
सभ्यता शिष्टता हाम्रो , पहिचान बनोस् महान्
 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016