हरिदर्शन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हरिया वन-वाटिकाहरू,अनि वृन्दावन का लता-तरु !
हरिदर्शन ले सुखी थिए,उनको स्पर्शन ले खुशी थिए !!
 
तर गोप र गोपिनी कति,कति योगी अनि योगिनी कति !
हरिदर्शन प्यास ले गरी,तडपिन्थे अविराम बेसरी !!
 
मन यो यमुना सँगै बग्यो,कि उही माखनचोर ले लग्यो !
व्रज का वनिता सँगै-सँगै,यसरी पीर उकेल्दथे सधैं !!
 
कति ले घर मा बसी-बसी,यमुना को जल मा पसी- पसी !
हरिकीर्तनमा रमाउँथे,उनमै ध्यान सदा लगाउँथे !!
 
मधु चन्दन अङ्ग मा घसी,यमुना कूल कदम्ब मा बसी !
हरि वेणु बजाउँथे जुन,पशुपन्छी पनि सुन्दथे धुन !!
#
व्रज बालक साथ लाउँदै,वन मा धेनुहरू चराउँदै !
हरि कालिय-मान हर्दथे,अनि दावानल पान गर्दथे !!
 
कहिले कुन दुष्ट आउँथे,कहिले घोर अनिष्ट छाउँथे !
जहिले पनि मुस्कुराउँदै,सब बाधा हरि ले भगाउँथे !!
 
कति आपद रोक्दथे उनी,गिरि-गोबर्द्धन बोक्दथे उनी!
कति सज्जन को कृतार्थ मा,जति छन् दुर्जन ठोक्दथे उनी !!
 
हरिको म त आश गर्दछु,उनकै सामु निवास गर्दछु !
उनको पद-भक्ति पाउन,उनकै पाउ परेर बस्दछु !!
 
अब रात हराउने छ है,नभ मा रक्तिम छाउने छ है !
मन-मन्दिर खोलिए पछि,हरि को दर्शन पाइने छ है !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016