हात्ती
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

लौ हेर ! हात्ती कसरी बसेको ?
शरीर मा कत्ति हिलो घसेको ?
कालो छ हात्ती र हिलो छ कालो
हालूँ कि झैँ लाग्छ गई अँगालो
 
आहाल मा सुत्छ र बस्छ हात्ती
ठूला नदी मा पनि पस्छ हात्ती
ऊ भेल मा पौडन सक्छ हेर !
छिटो छिटो दौडन सक्छ हेर !
 
आँखा स - सानो तर कान ठूलो
दाह्रा छ सानो तर ज्यान ठूलो
खुट्टा छ मोटो अनि सूँड मोटो
घाँटी सँगै पुच्छर हेर ! छोटो
 
ऊ बाघ देखेर डराउँदैन
बेकार मा कत्ति कराउँदैन
समूह मा बाँच्दछ हेर ! हात्ती
खुशी भई नाच्दछ हेर ! हात्ती
 
जो ढाब मा फँस्छ निकालिदिन्छ
दुवै घुँडा धस्छ अँगालिदिन्छ
साँच्चै हुने गर्दछ बुद्धिमान् ऊ
शरीर ले बन्दछ शक्तिमान् ऊ
 
दुखी भएमा सहयोग गर्ने
बानी लिनेे गर्दछ पीर हर्ने
हात्ती इमान्दार चलाख हुन्छ
ऊ सङ्ग माया दिन काख हुन्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016