हाम्रो घर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो हाम्रो घर देव को सदन होस् , सम्बन्ध होस् सुन्दर
झुप्रै होस् तर प्रेम ले सघन होस् , आभास होस् मन्दिर
होऊन् कक्ष सुरम्य शान्ति सुख का , संस्कार ले उज्ज्वल
होस् आध्यात्मिक चेतना र मन होस् , विज्ञान ले निर्मल
 
मायाँ आपस मा फुलोस् अनि फलोस् ,होस् बद्धता मोचन
छायाँ होस् परिवार वृद्ध जन को , होस् मुक्तता बन्धन
काहीं कत्ति निसासिँदोपन नहोस् , आनन्द को सास होस्
ईर्ष्या झेल र जाल को कण नहोस् , सच्चाइ को वास होस्
 
हाम्रो आँगन मा बसीकन चरी , गाऊन् रमाऊन् सधैं
कौसी का गमला चुमून् मधुकरी , मस्ती जमाऊन् सधैं
हाँसून् फूल बनेर बालकहरू , होस् स्वर्ग झैँ यो घर
मीठा मूल बनेर छल्छल बगून् , आनन्द का निर्झर
 
पूजा होस् र उपासनामय बनोस् , विश्वास को होस् घर
श्रद्धा होस् शिवसाधनामय बनोस् , कैलास झैँ होस् घर
होस् सत्सङ्ग सदैव साधक जुटून् , गाऊन् कथा - कीर्तन
होऊन् कर्म विशिष्ट शिष्ट गति का , जन्मून् नयाँ चिन्तन
 
यो हाम्रो घर मा दियो बलिरहोस् , विज्ञान को ज्ञान को
यो हाम्रो घर को मियो उठिरहोस् , सन्धान को ध्यान को
कोही न्यून नहोस् अहंयुत नहोस् , त्यो आत्मसम्मान होस्
जो जो छौँ घर का सदस्य सब को , सम्पूर्ण उत्थान होस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016