हृदयाघात बाट बचौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तारेका हर वस्तु ले र घिउ ले , हृद् रोग निम्त्याउँछन्
पोलेका पशु-मांस ले र जिउ ले , हृद् रोग निम्त्याउँछन्
कोलस्ट्रोल बढाउँछन् पशु जगत् , त्यो स्नायु मा जम्दछ
अर्को तत्त्व छ तेल मा पनि फगत् , त्यो स्नायु मा जम्दछ
 
बोसो रक्त सँगै प्रवाहित हुँदा , टाँसिन्छ है स्नायु मा
चर्बी युक्त पदार्थ चिप्चिप भई , थप्पिन्छ है स्नायु मा
एस्तो खाद्य घटाइयो यदि भने , हृद् रोग लाग्दैन नै
चिल्लो वस्तु हटाइयो यदि भने , हृद् रोग लाग्दैन नै
 
छाती भित्र दबाब पर्दछ भने , हृद् रोग होला बुझौं
बायाँ भाग असह्य दुख्दछ भने , हृद् रोग होला बुझौं
लामो सास लिऔं निरन्तर उहीँ , खोक्दै बडो जोड ले
जाऔं डाक्टर सामु शीघ्र गति मा , खोक्दै बडो जोड ले
 
पीडा काँध गला र दाँत तिर भो ,हृद् रोग होला बुझौं
पीडा पीठ र ढाड आँत निर भो , हृद् रोग होला बुझौं
तत्कालै उपचार मा जुटिदिए , बाँचिन्छ है निश्चय
बेलै माथि सचेत भै उठिदिए , बाँचिन्छ के को भय ?
 
सादा भोजन साग - पात लिइयोस् , दीर्घायु बाँच्ने भए
जे जे छन् फलफूल - जूस पिइयोस् , सानन्द हाँस्ने भए
खुर्सानी अधुवा सँगै लसुन या , होस् प्याज को सेवन
योगाभ्यास गरौं कि पैदल घुमौं , लामो गरौं धावन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016