हे प्यारा पुतली
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हे प्यारा पुतली ! उड्यौ अनि गयौ हज्जार कोशौं पर
तिम्रै पौरख ले सधैं हुन गयो, यो वाटिका निर्भर
फुल्छन् फूल यहीँ शयौं किसिम का,टाढा न जाऊ तिमी
आफ्नै ठाउँ सजाउने मन लिई,फर्केर आऊ तिमी
 
छर्नै पर्छ नयाँ पराग कणिका,यो पुष्प-उद्यान मा
गर्नै पर्छ हरा भरा दश दिशा, नेपाल उत्थान मा
फुल्ने तीन करोड फूल भरि नै,बास्ना मिठो छर्नु छ
हाँगा-पात-जरा-जरा प्रगति को,आस्वाद ले भर्नु छ
 
तिम्रो हाल र चाल के छ अहिले ? सोध्दैछ उद्यान ले
तिम्रो हार्दिक होश जोश जहिले , खोज्दैछ उद्यान ले
छाया छत्र मिल्यो भने गजब ले,फुल्नेछ उद्यान यो
मायाँ मात्र मिल्यो भने गहकिलो,झुल्नेछ उद्यान यो
 
तिम्रो दृष्टि पर्यो भने त पुतली ! पाखा हरा बन्दछन्
सुख्खा बोट पलाउँछन् र तिनका,भित्री शिरा खुल्दछन्
फल्छन् स्वर्ण समान अन्न भरिला,सञ्जीवनी दायक
आऊ उत्सव गर्न हे चहकिला , उद्यान का नायक

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016