हे मातृ भू ! गर्छु सहस्र वन्दना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

श्रीपेच लाएर हिमाल को तिमी
चोली सजाएर पहाड को तिमी
बन्छ्यौ तराई सँग नित्य यौवना
हे मातृ भू ! गर्छु सहस्र वन्दना !!
 
जन्मे जहाँ वीर शहीद सुन्दर
हुर्के जहाँ काव्य - रथी मनोहर
अर्पी उहीँ हार्दिक भक्ति भावना
हे मातृ भू ! गर्छु सहस्र वन्दना !!
 
आकाश चुम्ने शिर उच्च तिम्रो
सन्तान सम्झी उर सुक्छ तिम्रो
गर्छन् जहाँ देव झुमेर अर्चना
हे मातृ भू ! गर्छु सहस्र वन्दना !!
 
झर्ना हजारौं मुटु मा बगाउँछ्यौ
अर्ना हजारौं वन मा चराउँछ्यौ
गर्छन् जहाँ व्यक्ति कठोर साधना
हे मातृ भू ! गर्छु सहस्र वन्दना !!
 
काखै भरी उत्तम ओखती लिने
लाखौं थरी शुद्ध जडीबुटी दिने
छन् स्वर्ण चाँदी धनधान्य छन् घना
हे मातृभू ! गर्छु सहस्र वन्दना !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016