हे शम्भु ! मेरो मन होस् पवित्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

अज्ञान अन्धो म कसै नहोऊँ
विज्ञान को उत्तम बिन्दु छोऊँ
खोली जगाऊँ म तृतीय - नेत्र
हे शम्भु ! मेरो मन होस् पवित्र
 
पाई तिमी बाट सधैं पियार
होऊँ सदा जाग्रत होशियार
कल्याणकारी म बनूँ विचित्र
हे शम्भु ! मेरो मन होस् पवित्र
 
विद्या तिमी शिल्प कला तिमी नै
मेधा तिमी गीत गला तिमी नै
आदर्श हौ उत्तम हौ चरित्र
हे शम्भु ! मेरो मन होस् पवित्र
 
माता तिमी नै र पिता तिमी नै
दाता तिमी सम्प्रभुता तिमी नै
छौ व्याप्त ब्रह्माण्ड सँगै म भित्र
हे शम्भु ! मेरो मन होस् पवित्र
 
उत्साह को नित्य विकास गर्ने
बत्ती बनी भव्य प्रकाश छर्ने
सच्चा बनाऊँ सब इष्टमित्र
हे शम्भु ! मेरो मन होस् पवित्र

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016